इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट

लेबनानको कृषि मन्त्रालयका अनुसार, लगातारका इजरायली आक्रमणले करिब ४६ हजार ४७९ हेक्टर कृषि भूमि नष्ट गरेको छ, जुन देशको कुल खेतीयोग्य क्षेत्रको २२ प्रतिशत हो ।
अधिकांश नोक्सान लेबनानको मुख्य कृषि क्षेत्र दक्षिण र नबातिये प्रान्तमा केन्द्रित छ, जहाँ ४४ हजार २९७ हेक्टर भूमि प्रभावित भएको छ, अन्य क्षेत्रहरूमा मात्र दुई हजार १८१ हेक्टर प्रभावित भएको मन्त्रालयले जनाएको छ ।
फलफूल र जैतुनका रूख, हरित गृह, साना र मध्यम आकारका फार्महरू सबैभन्दा बढी मध्यम प्रभावित भएका छन् । प्रभावित क्षेत्रका १५ हजार २५ किसानहरूमध्ये ७६ दशमलव ६ प्रतिशत विस्थापित भएका छन् । विशेषज्ञहरूले यसरी ठूलो विस्थापनले कृषि उत्पादनमा निरन्तरता र खाद्य सुरक्षा जोखिम बढाउने चेतावनी दिएका छन् ।
मन्त्रालयले किसानहरूको प्रत्यक्ष सहयोगमा केन्द्रित प्रतिक्रिया योजना घोषणा गरेको छ । यसमा पशुपालन संरक्षण, खाद्य आपूर्ति श्रृङ्खला सुनिश्चित गर्नु, बजार सहयोग, मूल्य निगरानी मजबुत पार्नु र आवश्यकताहरू निरन्तर मूल्याङ्कन गर्न सम्बन्धित निकायसँग समन्वय गर्नु समावेश छ ।
यसका साथै, आपतकालीन कदमहरूमा एक हजार ५१२ किसानलाई सहयोग पु¥याउने, करिब दुई हजार परिवारलाई आश्रय प्रदान गर्ने र ८२० मौरीकोठा सुरक्षित स्थानमा सार्ने कार्य पनि लेबनानी सेनासँगको सहकार्यमा सम्पन्न गरिएको छ ।















प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपाल भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते, मध्यपूर्वमा द्वन्द्व तीव्र
टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
प्रतिक्रिया