आइतबार, चैत १५, २०८२

ओली र लेखकलाई १० दिन थुनामा राख्न माग

मेरोन्यूज २०८२ चैत १५ गते १४:०४

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राख्न सरकारी वकिलले माग गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

ओली र लेखकलाई म्याद थपको निम्ति आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो । सरकारी वकिलबाट १० दिन थुनामा राख्न इजलाससमक्ष निवेदन पेस भएको छ ।

अहिले यो मागमाथि जिल्ला अदालतमा बहस भइरहेको छ ।

गत २३ र २४ भदौको घटनामा जाँचबुझ आयोगले कारबाही सिफारिससहित बुझाएको प्रतिवेदनका आधारमा उनीहरू शनिबार पक्राउ परेका थिए ।

प्रतिक्रिया