विमान दुर्घटनामा परी नाइजेरीयाका सेना प्रमुखसहित ११ जनाको मृत्यु
मेरोन्यूज
२०७८ जेठ ९ गते १८:२०

काठमाडौं । नाइजेरियाको उत्तरी क्षेत्रमा रहेको विमानस्थल नजिकै शुक्रबार विमान दुर्घटनामा परी सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम अटाहिरुसहित ११ जनाको मृत्यु भएको छ ।
मौसमको खराबीको कारण काडुना अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्डिङको क्रममा विमान दुर्घटना भएको मा परी जनरल इब्राहिम अटाहिरुसहित ११ जनाको मृत्यु भएको हो ।
हालसम्म उक्त दुर्घटनाका विषयमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । ब्रिगेडियर जनरल मोहम्मद येरिमाले छिटै नै यसबारे विस्तृत विवरण सार्वजनिक गरिने बताएका छन् ।
उक्त दुर्घटनामा मृत्यु भएका अन्य सैन्य अधिकारीको नाम भने सार्वजनिक गरिएको छैन ।
५४ वर्षीय जनरल अटाहिरूले गत ज्यानुअरी महिनामा सेनाको उच्च तहमा पुनर्संरचना गरिँदा उक्त पद सम्हालेका थिए।
सम्बन्धित
प्रतिक्रिया