दराजको ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक, यस्ता छन् अफर

काठमाडाैं । देश नयाँ वर्ष २०८३ मनाउने तयारीमा जुटिरहेको समयमा अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ४.४ नव वर्ष उत्सव सार्वजनिक गरेको छ।
७५ प्रतिशतसम्मको आकर्षक मेगा छुट, निःशुल्क होम डेलिभरी तथा ८३ लाखबराबरका भौचरहरूसहितको यो सेल अप्रिल ३ (चैत २०, २०८२) बेलुका ८ बजेदेखि सुरु भई अप्रिल १० (चैत २७, २०८२) सम्म सञ्चालन हुनेछ। यसले नेपाली ग्राहकहरूका लागि एक सातासम्म चल्ने किनमेल महोत्सवको अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।
नयाँ सुरुवातको भावनालाई उत्सवमय बनाउँदै, दराजले २०८३ मा प्रवेशलाई अझ विशेष बनाउन अद्वितीय बचत तथा उत्साहपूर्ण अफरहरू ल्याएको हो। यो अभियान अवधिभर ग्राहकहरूले विभिन्न क्याटेगरी र प्रमुख साझेदार ब्रान्डहरूमा दैनिक फ्ल्यास सेलमार्फत विशेष अफरहरू प्राप्त गर्न सक्नु हुनेछन्।
नयाँ वर्षको उत्साहलाई अझ बढाउँदै, प्लाटिनम पार्टनर्सः चर्च एण्ड ड्वाइट, एंकर, होनसा, ब्राण्डहाउस, युनिलिवर र मिनिमलिस्टका तर्फ ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। त्यसैगरी, गोल्ड पार्टनर्सः फोरया र एक्सएजका तर्फ बाट ६०% सम्म छुट । साथै, सिल्भर पार्टनर्स नाइक, फ्यानटेक र पीसेफका तर्फबाट ६५ प्रतिशतसम्म नयाँ वर्ष छुट प्रदान गरिने जानकारी दिइएको छ।
किनमेल अनुभवलाई अझ सहज बनाउने उद्देश्यका साथ दराजले चार प्रमुख बैंकहरूसँग सहकार्य पनि गरेको छ। ग्राहकहरूले नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी बैंक तथा नेपाल बैंकमार्फत क्रेडिट कार्ड प्रयोग गर्दा १५ प्रतिशत (अधिकतम रु. ७५०) र डेबिट कार्ड प्रयोग गर्दा १० प्रतिशत (अधिकतम रु. ५००) छुट प्राप्त गर्न सक्नेछन्। साथै, ईसेवा र खल्ती बाई आईएमई प्रयोगकर्ताहरूले विशेष ‘रश आवर’ अफरहरू पनि प्राप्त गर्न सक्नु हुनेछन्।
यसका अतिरिक्त, ग्राहकहरूले दैनिक ४४, ४४४, १ हजार ४४४, तथा २ हजार ४४४ रुपैयाँका आकर्षक डिलहरू पनि प्राप्त गर्न सक्नेछन्। साथै, नयाँ वर्षको थीमसँग मिल्ने गरी रु. २,०८३ का विशेष क्याटेगरी अफरहरू पनि अभियान अवधिभर उपलब्ध हुनेछन्।
रोमाञ्चक उपहार
उत्सवको माहोललाई अझ विशेष बनाउँदै, दराज नेपालले आकर्षक उपहारहरूको विशेष शृंखला ल्याएको छ। जसअन्तर्गत मुख्य आकर्षणका रुपमा फिलिप्सको सहयोगमा उपलब्ध भव्य ग्रान्ड पुरस्कार हो।
एक भाग्यशाली विजेताले करिब १ लाख ८० हजार रुपैयाँबराबरका १५ वटा साना होम अप्लायन्सहरूसहितको प्रिमियम बन्डल जित्न सक्नेछन्।
यसका अतिरिक्त ग्राहकहरूले भिभो भी७० स्मार्टफोन (९० हजार रुपैयाँ) १ जना विजेता, बडी जिम एक्सरसाइज साइकल फर फिजियोथेरापी (रु. १८,५००) – १ जना विजेता, मि¥याकल्स ईन्डस्ट्रियल उडन डिस्प्ले ¥याक (रु. १२,०००) – १ जना विजेता, मि¥याकल्स सजिलो प्रिन्टर ¥याक (रु. ११,९९९) – १ जना विजेता, स्टिलबर्ड हेल्मेट (रु. ३,५००) – १ जना विजेता, एससीएस एसएण्डएक्स हेल्मेट ब्ल्यूटूथ ईन्टरकम (रु. ४,०५०) – ५ जना विजेताजस्ता अफर जित्न सक्ने कम्पनीले उल्लेख गरेको छ।
सेल अवधि भर किनमेल गर्ने ग्राहकहरूले न्यूनतम ५ हजार रुपैयाँको खरिद पूरा गरी प्लेटफर्ममा उपलब्ध कुनै पनि भुक्तानी माध्यम प्रयोग गरेपछि स्वतः लक्की ड्रमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। तत्पश्चात, योग्य ग्राहकहरूबाट भाग्यशाली विजेताहरू छनोट गरिने कम्पनीले जानकारी दिएको छ।
‘४.४ सेलले नेपालको डिजिटल व्यापार प्रणालीलाई सुदृढ बनाउने हाम्रो निरन्तर प्रतिबद्धतालाई प्रतिविम्बित गर्छ’, नव वर्ष उत्सवबारे दराज नेपालकी प्रबन्धनिर्देशक आँचल कुँवरले भनिन्, ‘सशक्त ब्रान्ड साझेदारी, आकर्षक भुक्तानी अफरहरू र रोमाञ्चक पुरस्कारहरूको संयोजन गर्दै, हामीले ग्राहकहरूलाई नयाँ वर्ष २०८३ स्वागत गर्ने तयारीमा एक समग्र र उत्कृष्ट किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौँ।’
















एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
सभामुखको निर्वाचन चैत २२ गते
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया