बिहीबार, चैत १९, २०८२

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

मेरोन्यूज २०८२ चैत १७ गते ८:१९

काठमाडौँ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

Advertisement
nepal life insurencenepal life insurence

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।बैठकमा गत पुसमा भएको विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ ।

कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।यसैबीच, खड्काले आगामी बिहीबार जिल्ला सभापतिहरुको भेला पनि बोलाएका छन् ।

देउवा–शेखर समूहले सोमबारे महाराजगञ्जमा प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सांसदहरुलाई बधाइ तथा शुभकामना कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया