इरान द्वन्द्वको अवरोधबीच ऊर्जा बजार स्थिर गर्न आवश्यक उपाय अबलम्बन गर्न तयार

सात राष्ट्रको समूह (जी–७) ले सोमबार इरानमा चलिरहेको युद्धको बीचमा विश्वव्यापी ऊर्जा बजार स्थिर गर्न आवश्यक उपायहरू अबलम्बन गर्न तयार रहेको घोषणा गरेको क्योडो न्यूजले जनाएको छ ।
वर्तामान समयमा ऊर्जा आपूर्तिमा अवरोधहरू कम गर्न यो निर्णय आएको जनाइएको छ भने लामो द्वन्द्व र हर्मुज बन्दका कारण उर्जाको मुल्य आकासिएको छ ।
अर्थ मन्त्रीहरू, ऊर्जा मन्त्रीहरू र केन्द्रीय ब्याङ्कका गभर्नरहरूको भर्चुअल बैठक पछि जारी गरिएको विज्ञप्तिमा जी–७ ले रूस– युक्रेन युद्धका कारण रूसमाथि लगाएको प्रतिवन्द जारी राख्ने जनाएको छन् ।
क्योडो न्यूजका अनुसार जी–७ समूहले अन्तर्राष्ट्रिय साझेदारहरूसँग आवाश्यक समन्वय कायम गर्ने प्रतिज्ञा गर्दै पेट्रोलियम उत्पादनहरूको अन्यायपूर्ण निर्यात प्रतिबन्ध नलगाउन आग्रह गरेको छ ।
जापानका उद्योग मन्त्री रियोसेई अकाजावालाई उदृत गर्दै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी ९आईईए० द्वारा रणनीतिक तेल भण्डारको अतिरिक्त आपुर्तिका लागि तयारी भइरहेको जनाएको छ ।
जापानका अर्थमन्त्री सात्सुकी कातायामाले क्योडो न्यूजलाई उद्धृत गर्दै बढ्दो कच्चा तेलको मूल्यले विदेशी मुद्रा बजारलाई असर गर्नुका साथै जन–जीवन र अर्थतन्त्रलाई खतरामा पार्न सक्ने चेतावनी दिएको छ ।
इरानमा अमेरिका र इजरायलको सयुक्त आक्रमण पछि पश्चिम एशियामा द्वन्द्व चर्किय पछि, इरानी सेनाहरूले विश्वव्यापी तेल ढुवानीको लागि एक महत्वपूर्ण स्थान हर्मुज अवरुद्ध गरे पछि आपूर्ति अवरोध र कच्चा मूल्यमा वृद्धि भएको छ ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया