दुई नाबालकको घाँटी रेटेर हत्या गरेको आरोपमा युवा पक्राउ
मेरोन्यूज
२०७८ जेठ ९ गते २०:५५
बारा । दुई नाबालकको हत्यामा संलग्न रहेको अभियोगमा कलैया उपमहानगरपालिका ७ रंगपुर टोल २५ वर्षीय फरमुल्लाह अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ ३ गते साँझदेखि बेपत्ता भएका सोही ठाउँ बस्ने अब्दुल गफार अन्सारीका छोराद्वय ९ वर्षीय अमान अन्सरी र ७ वर्षीय उसमानको भोलिपल्ट शव फेला परेको थियो । उनीहरूको शव सोही उपमहानगर ११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधिन भवनमा फेला परेको थियो ।
घटनामा संलग्न भएको आरोपमा फरमुल्लाहको संलग्नता रहेको खुल्न आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
बजारमा ग्यास अभाव, आयात भने नियमित
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया