तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
मेरोन्यूज
२०८२ चैत १७ गते १९:३२

डुम्रे (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ ।
देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काफलडाँडास्थित भित्री सडक खण्डमा नारायणघाटबाट सिङ्तानतर्फ जाँदै गरेको ग १ त १५२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी देवघाट–१ कोटाका ३० वर्षीय ट्याक्टर चालक विष्णु माझी घाइते भएका छन् । उनले भने, “चालक माझीको मुख, नाक र छातीमा चोट लागेको छ, भने अवस्था मध्यम रहेको छ । चालकले नियन्त्रण गुमाउँदा सडकबाट ट्याक्टर करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो ।”
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया