हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि

काठमाडौँ। हवाई इन्धनको मूल्य झन्डै दोब्बरले वृद्धि गरिएको छ। नेपाल आयल निगम लिमिटेडले बुधवार गरेको नयाँ समायोजनअनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानतर्फ इन्धनको मूल्य उल्लेख्य रूपमा बढाइएको हो।
निगमले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य साविक प्रतिलिटर १२७ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ कायम गरिएको छ।
यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ पनि मूल्यमा ठूलो वृद्धि गरिएको छ। काठमाडौँमा यसअघि प्रति किलोलिटर ९६६ अमेरिकी डलर रहेको हवाई इन्धनको मूल्य बढेर १,७८५ डलर पुगेको छ।
पोखरामा यसअघि प्रति किलोलिटर ८०१ डलर रहेको मूल्य बढाएर १,७३२ डलर कायम गरिएको छ भने भैरहवामा ७८९ डलरबाट बढाएर १,७१६ डलर पुर्याइएको निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र आपूर्ति लागत बढेकाले मूल्य समायोजन गर्नु परेको निगमको भनाइ छ। नयाँ मूल्य तत्काल लागू भएको जनाइएको छ।
हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धिसँगै हवाई भाडा महँगिने नीश्चित भएको छ ।

















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया