इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार

इरानी अधिकारीसँग कुरा गरेका छौँ र उनले तेहरानले युद्धविरामको लागि अमेरिकालाई लाइ अनुराेध गरेकाे अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाे दावीलाई इरानले अस्वीकार गरेकाे छ ।
इरानका विदेशमन्त्री अराक्चीले इरानले युद्धविरामका लागि कुनै पनि प्रस्ताव अघि नसारेको बताएका छन्।
केही समयअघि मात्र, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रपतिले युद्धविरामका लागि अनुरोध गरेको दाबी गरेका थिए। ट्रम्पले थप भनेका थिए कि जब “हर्मज जलमार्ग खुला, स्वतन्त्र र स्पष्ट हुन्छ,” तब मात्र उनले युद्धविरामको बारेमा विचार गर्नेछन्।
इरानले युद्ध रोक्नका लागि चारवटा मुख्य मागहरू अघि सारेको छ । आक्रमणको पूर्ण अन्त्य, भविष्यमा यस्ता कार्य नदोहोरिने भरपर्दो ग्यारेन्टी, युद्धमा भएको क्षतिबापतको क्षतिपूर्ति, र हर्मुज जलमार्गमा इरानको कानुनी अधिकारको सम्मान हुनुपर्ने उसकाे शर्त छ ।
इरानको दृष्टिकोणबाट हेर्दा, केबल युद्धविराम हुनुले इरानलाई कुनै फाइदा पुग्दैन। किनभने यसले इजरायल र अमेरिकालाई पुनः सक्रिय हुने र स्वतन्त्र रूपमा सैन्य कदम चाल्ने अवसर दिन्छ, जुन भविष्यमा जुनसुकै बेला दोहोरिन सक्छ। त्यसैले, इरानीहरू यो द्वन्द्वको पूर्ण र स्थायी अन्त्य चाहन्छन्।
















एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया