सोमबार, चैत २३, २०८२

इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास

मेरोन्यूज २०८२ चैत २३ गते ८:५२

इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास भइरहेका विवरणहरु सार्वजनिक भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

अमेरिकी न्यूज आउटलेटका अनुसार, अमेरिका, इरान र क्षेत्रीय मध्यस्थकर्ताहरू बीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास भइरहेको छ, जसले अन्ततः युद्धको स्थायी अन्त्य गर्न सकोस्।

यस वार्तामा पाकिस्तान, इजिप्ट र टर्कीले मध्यस्थता गरिरहेका छन् । साथै, ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र इरानका विदेश मन्त्री अब्बास अराग्ची बीच प्रत्यक्ष टेक्स्ट सन्देशहरू मार्फत पनि कुराकानी भइरहेको बताइएको छ । स्रोतहरूलाई उदृत गर्दै समाचारमा आगामी ४८ घण्टाभित्र आंशिक सम्झौता हुने सम्भावना निकै कम रहेको जनाइएको छ।

इरानी अधिकारीहरूले सामान्य युद्धविराममा रुची देखाएका छैनन् । उनीहरू ठोस र सुरक्षित ग्यारेन्टीको खोजीमा छन्। गाजा वा लेबनानको जस्तो कागजमा युद्धविराम भए पनि अमेरिका र इजरायलले चाहेको बेला पुनः आक्रमण गर्ने अवस्था नहोस् भन्नेमा उनिहरुको विशेष सतर्क छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुज जलमार्ग खोल्न दिएको मङ्गलबार रातिको समयसीमा नजिकिँदै गर्दा दुबे पक्ष वार्ताको प्रयासलाई तिव्रता दिएका छन् ।

प्रतिक्रिया