यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा

काठमाडौं । राष्ट्रियसभाको नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारी सुदूरपश्चिम प्रदेशबाट उक्त पदमा पुग्ने पहिलो महिला हुन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट राष्ट्रियसभा सदस्य भएकि भण्डारी सभाको आजको बैठकमा निर्विरोध रुपमा उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन्।
उक्त पदमा एक मात्र उम्मेदवारी परेकाले उनलाई सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्विरोध विजयी घोषणा भएकी हुन्। उनी गत माघ ११ गते सदस्यमा निर्वाचित भएकी थिइन्।
उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा २०४७ सालदेखि सुरु भएको हो।
तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा छ महिना शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बन्नुभएका भण्डारी गेटा मेडिकल कलेज सञ्चालनको पहलकर्ताका साथै मुक्त कमलरीको अवस्था सुधारमा भूमिका निर्वाह गरेकी थिइन्।
कैलालीको फूलबारीस्थित चन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययन गर्दादेखि राजनीतिमा चासो राखेकी उपाध्यक्ष भण्डारीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा सक्रिय भएर विद्यार्थीको सवालमा काम गरेकी थिइन्।
तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट एमालेमा प्रवेश गर्नुभएका उहाँले एमालेको १०औं र ११औं महाधिवेशनबाट निर्वाचित हुँदै पोलिटब्यूरो सदस्य र कैलाली जिल्ला संयोजकको जिम्मेवारी निर्वाह गरिसकेकी छन्।















गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रतिक्रिया