सर्वोच्चप्रति पूर्ण विश्वास छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसमा नेता गगन थापाले सम्मानित सर्वोच्च अदालतप्रति आफूहरूको विश्वास रहेको बताएका छन् । विपक्षी गठबन्धनले आज प्रतिनिधिसभा पुनस्र्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले पत्रकारसँग बोल्दै देउवालाई प्रधानमन्त्री बनाउन माग राखेको सांसदहरूभन्दा अहिले केही कम भए पनि सबै एकजुट नै रहेको बताए ।
नेता थापाले भने, ‘संविधान विरोधी र यस्ता गैर जिम्मेवारी काम प्रधानमन्त्री गर्नु भएकाले हामी पटक–पटक न्यायलय आउनु पर्ने बाध्य भयो, राष्ट्र प्रमुखले संविधानको उल्लंघन गरेकाले अदालत धाउनुको विकल्प भएन ।’
उनले सर्वोच्च अदालतप्रति आफूहरूको पूर्ण विश्वास भएको बताए । कूल सांसदको ५४ प्रतिशत अर्थात १४६ जना सांसद अदालतमा उपस्थित भएर रिट दायर गरेकाले माग पूरा हुने विश्वास गरे ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया