सर्वोच्चप्रति पूर्ण विश्वास छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसमा नेता गगन थापाले सम्मानित सर्वोच्च अदालतप्रति आफूहरूको विश्वास रहेको बताएका छन् । विपक्षी गठबन्धनले आज प्रतिनिधिसभा पुनस्र्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले पत्रकारसँग बोल्दै देउवालाई प्रधानमन्त्री बनाउन माग राखेको सांसदहरूभन्दा अहिले केही कम भए पनि सबै एकजुट नै रहेको बताए ।
नेता थापाले भने, ‘संविधान विरोधी र यस्ता गैर जिम्मेवारी काम प्रधानमन्त्री गर्नु भएकाले हामी पटक–पटक न्यायलय आउनु पर्ने बाध्य भयो, राष्ट्र प्रमुखले संविधानको उल्लंघन गरेकाले अदालत धाउनुको विकल्प भएन ।’
उनले सर्वोच्च अदालतप्रति आफूहरूको पूर्ण विश्वास भएको बताए । कूल सांसदको ५४ प्रतिशत अर्थात १४६ जना सांसद अदालतमा उपस्थित भएर रिट दायर गरेकाले माग पूरा हुने विश्वास गरे ।










वाग्मतीमा प्रदेशको पुँजीगत खर्च निराशाजनक
एआई र विद्युतीय गाडीमा साओमीको यस्ताे सफलता
Four houses perish in fire
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, चार घर जले
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया