सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव

काठमाडौँ । वालेन्द्र साह’बालेन’ नेतृत्वको सरकार गठनको दुई सातामै दुई विषयमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन साहबीच टकराव देखिएको छ ।
गृहमन्त्री नियुक्ती र उपसभामुख नियुक्तीमा दुई नेताबीचको टकराव सतहमा देखिएको हो । तर दुबै पटकको टकरावमा प्रधानमन्त्री साहको पल्लाभारी माथि परेको छ भने अध्यक्ष लामिछाने तल परेका छन् । यसले रासवपा र सरकार दुबैभित्र बालेनले प्रभाव बढाउँदै गएको देखिएको छ ।
यसअघि सरकार गठन बेला सभापति लामिछानेले डिपी अर्याललाई गृहमन्त्री बनाउन चाहेका थिए। तर प्रधानमन्त्री बालेन शाहको जोडबलमा अन्तिम समयमा सुदन गुरूङ गृहमन्त्री बने। आज लामिछानेले उपसभामुख राप्रपालाई दिने तयारीमा थिए । तर अन्तिम समयमा बालेनको जोडबलका कारण श्रम संस्कृति पार्टीलाई उपसभामुख दिए ।
उम्मेदवारी दर्ताका लागि आधा घन्टाको मात्र समय बाँकी रहँदा श्रम संस्कृति पार्टीका सांसदहरूलाई फोन गरेर रवि लामिछानेले ‘हामीले राप्रपाका उम्मेदवारलाई समर्थन गर्ने भयौ ‘ भनेका थिए । त्यस्तै राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलाई फोन गरेर रविले राप्रपालाई उपसभामुखमा समर्थन गर्ने जानकारी गराएका थिए । लामिछानेको फोन लगत्तै राप्रपाकी सांसद सरस्वती लामाले बिहीबार उपसभामुखमा उम्मेदवारी दिएकी थिइन्।
तर अर्कोतर्फ प्रधानमन्त्री बालेनको सचिवालयबाट श्रम संस्कृति पार्टीका सांसदलाई फोन गरेर उम्मेदवारी दर्ताका लागि जान भनियो । रास्वपाका अध्यक्षले फोन गरेर समर्थन गर्न सकेनौं भन्ने प्रधानमन्त्रीले समर्थन गर्ने भयौँ भन्ने दुईथरी कुराले श्रम संस्कति पार्टीका सांसदहरु दोधारमा परेका थिए ।
अन्तिममा अध्यक्ष लामिछानको केही लागेन प्रधानमन्त्री बालेननै प्रभावी बने र श्रमसंस्कृतिकी रूबीकुमारी ठाकुरलाई रास्वपाले समर्थन गर्यो । रास्वपाको समर्थनसँगै ठाकुर उपसभामुख बन्ने निश्चित देखिएको छ ।

















स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन
लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया