पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी र दिगो बनाउन गाउँतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल ९भीटोफ० को अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले ग्रामीण पर्यटनले देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको हो । उनले भने, “पर्यटनलाई राष्ट्रव्यापी विकासको माध्यम बनाउने हो भने गाउँ केन्द्रित रणनीति आवश्यक छ ।”
ग्रामीण पर्यटनको सम्भावना हुँदाहुँदै पूर्वाधार अभाव, दक्ष जनशक्तिको कमी, बजार पहुँच सीमितता र प्रभावकारी प्रचारको अभावका कारण अपेक्षित विकास हुन नसकेको जनाउँदै उहाँले सडक, विद्युत्, खानेपानी, इन्टरनेट, स्वास्थ्य र सुरक्षाजस्ता आधारभूत पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
पर्यटनमैत्री कानुनी संरचना निर्माण, सङ्घ–प्रदेश–स्थानीय तहबीच समन्वय र दीर्घकालीन नीति निर्माणको आवश्यकता औँल्याउँदै उहाँले राष्ट्रिय सभाको अध्यक्षको हैसियतले आवश्यक समन्वय र सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया