इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
मेरोन्यूज
२०८२ चैत २८ गते १९:०८

पाकिस्तानको राजधानी इस्लामावादमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको छ।
अलजजिराका अनुसार केही समयअघी वार्ता सुरु भएको हो । इरानी सरकारी सञ्चार माध्यमले पनि यस घटनाक्रमको पुष्टि गर्दै रिपोर्ट सार्वजनिक गरेको छ।
यस वार्ताको नेतृत्व अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्। उपराष्ट्रपति भान्ससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र ज्यारेड कुश्नर सहभागी छन्।
इरानी टोलीको नेतृत्व इरानी विदेशमन्त्री अब्बास अराक्ची र संसदका सभामुख मोहम्मद बागेर गालिबाफले गरिरहेका छन्।
हर्मुजको जलडमरूको आवागमन , लेबनानमा युद्धविराम, आणविक मुद्दालगायतका जटील विषयमा दुई देशका आ-आफ्ना कडा अडान रहेका छन् । जसले वार्ता निकै जटील रहेको देखाउँछ ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया