नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’

नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई लिएर व्यङ्ग्य गरेका छन्। मन्त्रिपरिषद्का सदस्यहरूले सार्वजनिक गरेको विवरणमा उल्लेख्य मात्रामा सुन र सम्पत्ति देखिएपछि उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।
नेता बाँस्कोटाले मन्त्रीहरूको सम्पत्तिलाई ‘खेतबारीमा फुलेको तोरी’सँग तुलना गरेका छन्।उनले फेसबुकमा लेखेका छन्, ‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाईलो भो। देश लंका बनिसकेछ, डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ। समृद्धि आएछ—सुशासन त्यहीँबाट आरम्भ भइहाल्छ। म झनै खुसी किनकि जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ—झिक्कै झिक्कै मया तम्लाई!’
सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन र नगद मौज्दात रहेको देखिएको छ। सम्पत्तिको स्रोतबारे अहिले सामाजिक सञ्जालमा तिखा टिप्पणी भइरहेको छ ।
सञ्जालमा सुन भएर लेखिएको हो कि नभएरै पछि कमाउनका लागि लेखिएको हो भन्ने प्रश्न उठेका छन् । सुनको स्रोत खुलाउनु पर्ने तथा राष्ट्रबैंकको टोली प्रत्यक्ष गएर सुनको मुल्यांकन गर्नुपर्ने समेत आवाज उठिरहेको छ ।


















कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया