वर्षको अन्तिम दिन घट्यो सेयर बजार

काठमाडौं । २०८२ सालको अन्तिम कारोबारको दिन सोमबार सेयर बजार ४.१८ अंक घटेको छ । यो कमीसँगै बजार २८३३ अंकमा झरेको छ । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६६ करोडको भयो ।
१०५ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने १२ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४० र निर्जीवन बीमा ०.४६ प्रतिशत बढे ।
बैंकिङ ०.४७, विकास बैंक ०.५५, फाइनान्स ०.२९, जीवन बीमा ०.४६, माइक्रोफाइनान्स ०.४२, अन्य १.६२ तथा व्यापार ०.२१ प्रतिशत घटे ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस कारोबारमा १०५ वटाको मूल्य बढ्दा १५३ वटाको घटेको र १२ वटाको अघिल्लो मूल्यमा खरिदबिक्री भएको छ। यस दिन सुपर खुदी हाइड्रो, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सेयरमा सकारात्मक सर्किट लागेको छ। यी सेयरधनीले क्रमशः १०३.५०, ८१, ७४.९० र ३३ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्।
आज गिरावट दर भने निकै कम छ। अधिकतम ३.६० प्रतिशतसम्म मात्र सेयर घटेका छन्। जसमा युनिक नेपाल लघुवित्त, अभियान लघुवित्त, सान्भी इनर्जी लगायत छन्।
कारोबारमा नेशनल हाइड्रोपावरले सबैलाई उछिनेको छ। कम्पनीको मात्र ९३ करोडको कारोबार हुँदा रिडी पावर ४९ करोड, रिलायन्स स्पिनिङ ४५ करोड, आँखुखोला जलविद्युत् ३८ करोड र एसवाई प्यानल ३२ करोडको कारोबार भएको छ। यस दिन होटल र पर्यटन, जलविद्युत्, लगानी, उत्पादन, सामूहिक लगानी, निर्जीवन बीमा बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स, अन्य र व्यापार घटेका छन्।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया