५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
काठमाडाैं । एलएस अटोको नेपालस्थित आयातकर्ता ब्लु कर्पोरेशन प्रा.लि. ले नयाँ ईभी नेपाल भित्र्याएको छ । कम्पनीले ज्ञानेश्वरमा नयाँ शोरुम उद्घाटनसँगै नयाँ ईभी पनि सार्वजनिक गरेको हो ।
विगत १ वर्षदेखि एल इ भी ०१ मोडेल बिक्रि गर्दै आइरहेको कम्पनीले एल इ भी एक्स लन्च गरेको हो । प्योर इलेक्ट्रिक प्लेटफर्म बनेको यो इभीमा ब्याट्री प्याक पोजिसन साइड बडिभन्दा अझै माथि रहेको छ । यसको ब्याट्री प्याक र ग्राउण्डबीचको दूरी २२१ एमएम रहेको छ ।
एलएस अटो एलईभी ०१ र एलईभी एक्समा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आयन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ ।
कम्पनीका अनुसार चीनको प्रमुख डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको छ। यसको ड्रयाग कोएफिसियेन्ट इलेक्ट्रिक एसयूभीहरूमा सबैभन्दा कम ०.२६८ मात्र रहेको छ । यो इभीले एलईभी ०१ एक पटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिन्छ भने एलईभी एक्स अल ह्वील ड्राइभ ५५० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
प्रिमियम डिजाइन रहेको एलईभी ०१ र एलईभी एक्समा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ ।

लेदरेट स्टेरिङ ह्वील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्ट्रमेन्टल क्लस्टर,प्यानोरामिक मुनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता सुविधाहरू यस गाडीमा रहेको छ ।
सुरक्षाका लागि यो इभीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधाहरू रहेको कम्पनीले जनाएकाे छ ।
नेपाली बजारमा एलईभी-०१ को मूल्य ५९ लाख ९५ हजार र ६४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ भने नयाँ मोडल एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ रहेको छ। कम्पनीले मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ।
कालोपुलमा आफ्नै सर्भिस सेन्टर सञ्चालन गरिरहेको कम्पनीले देशभर चार्जिङ स्टेसन विस्तार गर्ने लक्ष्य राखेको छ।
कम्पनिले नयाँ वर्ष २०८३ को अवसरमा एक्सचेन्ज क्याम्प र अरु अफरहरु पनि ल्याएको छ । जसअनुसार ग्राहकहरुले शोरुममा पुगेर टेष्ट ड्राइभ गर्दा आकर्षक गिफ्ट ह्याम्पर पाउने छन् । साथै बुकिङ पश्चात डेलिभरी लिने ग्राहकले चीनको भ्रमणसमेत गर्न पाउने कम्पनीले जनाएकाे छ ।



















दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
३३ अंकले बढ्यो नेप्से
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया