मंगलबार, वैशाख १, २०८३

चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’

मेरोन्यूज २०८२ चैत ३० गते २१:३५

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाड माओमिङबिच सोमबार गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

भेटवार्तामा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । त्यसक्रममा राजदूत माओमिङले सीमा अपराध रोकथाम गर्ने नेपालको प्रस्तावप्रति चीन सरकार सकारात्मक रहेको बताए ।

उनले नेपालका सुरक्षा निकायको क्षमता विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपालको भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्‍याए।

यसैगरी चीनको सहयोगमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्न, नेपाल–चीन रेलमार्ग निर्माण अघि बढाउन तथा द्विपक्षीय व्यापार सहजीकरणमा थप पहल गर्न पनि गृहमन्त्रीले आग्रह गरे।

भेटवार्तामा दुवै देशबिचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्दै भविष्यमा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने सहमति व्यक्त गरिएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया