इजरायल–लेबनानबीच आज अमेरिकामा वार्ता : हिज्बुल्लाहको असहमती

इजरायल–लेबनानका प्रतिनिधि मण्डलबीच अमेरिकी मध्यस्थतामा आज अमेरिकाको वाशिङ्टन डीसीमा वार्ता हुँदैछ ।
अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको तालिका अनुसार, लेबनानकी राजदूत नादा हमादेह र इजरायलका राजदूत येचिएल लाइटर वाशिङ्टन डीसीमा स्थानीय समयअनुसार बिहान ११ बजे प्रत्यक्ष वार्ता सुरु गर्ने छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि यी वार्तामा दुवै राजदूतसँग सहभागी हुने विदेश मन्त्रालयले जनाएको छ।
यो छलफल मुख्यतः लेबनानमा युद्धविराम सुनिश्चित गर्ने विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ । लेबनानमा इजरायलले व्यापक हवाई आक्रमण र स्थल आक्रमण गरिरहेको छ । साथै हिज्बुल्लाहको निशस्त्रीकरण र व्यापक शान्ति व्यवस्थाबारे पनि छलफल हुने बताइएको छ।
हिज्बुल्लाहले भने प्रस्तावित वार्तालाई अस्वीकार गर्दै यसलाई “निरर्थक” भनेको छ र लेबनानी सरकारलाई इजरायली आक्रमणको सामना गर्न ध्यान केन्द्रित गर्न आग्रह गरेको छ।
















गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया