मन्त्री हुन नपाएपछि सांसदबाट राजीनामा
मेरोन्यूज
२०८३ वैशाख २ गते १४:४०

काठमाडाैं । गण्डकी प्रदेशका एक सांसदले पदबाट राजीनामा दिएका छन्। कांग्रेसका प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले राजीनामा दिएका हुन्।
बागलुङ–२ (ख) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन्।
गण्डकी सरकारमा बुधबार मन्त्रिपरिषद हेरफेर हुँदा कुँवरले पनि मन्त्री बन्ने इच्छा व्यक्त गरेका थिए । तर मुख्यमन्त्री एवं दल नेता सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री बनाउन इन्कार गरेपछि राजीनामा दिएको स्राेतले जानकारी दियाे ।
२०७९ को प्रदेश सभा निर्वाचनमा कुँवर बागलुङ– २ (ख)बाट सांसद निर्वाचित भएका थिए । राजीनामा पत्रमा उनले आफूलाई मत दिएर विजयी गराउने मतदाता र अवसर दिने पार्टी नेतृत्वलाई धन्यवाद दिएका छन् । मतदाताको विश्वास अनुसार पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेकोमा उनले क्षमा पनि मागेका छन् ।
सम्बन्धित


















धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया