शनिबार, वैशाख ५, २०८३

लेबनान र इजरायलबिच १० दिने युद्धविराम 

मेरोन्यूज २०८३ वैशाख ४ गते ७:२४

 लेबनान र इजरायलबिच १० दिने युद्धविराम बिहीबारदेखि लागू भएको छ । बिहीबार मध्यरातमा युद्धविराम लागू हुँदा बेरुतका विभिन्न भागमा खुसियाली मनाउँदै हवाई फायर गरिएको थियो । तर यो शान्ति निकै कमजोर देखिएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

शुक्रबार बिहान लेबनानी सेनाले इजरायलले दक्षिण लेबनानका गाउँहरूमा गोलाबारी गरेर युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाएको छ । यद्यपि इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले एक्स (ट्विटर) मा पोस्ट गर्दै हिजबुल्लाहका लडाकुहरूको गतिविधिको जवाफमा सेना तैनाथ गरिएको दाबी गरे ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत हिजबुल्लाहलाई युद्धविरामको सम्मान गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मलाई आशा छ कि हिजबुल्लाहले यस महत्त्वपूर्ण अवधिमा राम्रो व्यवहार गर्नेछ । यदि उनीहरूले त्यसो गरे भने त्यो उनीहरूका लागि ठूलो क्षण हुनेछ । अब थप हत्या हुनुहुँदैन । अन्ततः शान्ति हुनैपर्छ !’

हिजबुल्लाहले बिहीबार रातभर इजरायलविरुद्ध गरेका सैन्य कारबाहीको लामो विवरण सार्वजनिक गरेको छ । जसमा अन्तिम आक्रमण राति ११:५० बजे अर्थात् युद्धविराम लागू हुनुभन्दा १० मिनेट अघि भएको उल्लेख छ ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको अर्को वार्ता यसै साताको अन्त्यमा हुन सक्ने बताउँदै इरानसँगको युद्ध पनि अन्त्यको नजिक पुगेको सङ्केत गरेका छन् । 

प्रतिक्रिया