फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु

फिलिपिन्सको सुरक्षा बलले आफहरूलाई पक्राउ गर्ने प्रयासको प्रतिक्रीया गर्दा १० जना सशस्त्र इस्लामवादी उग्रवादीहरूको हत्या गरेको प्रहरीले जनाएको छ ।
मुख्यतया क्याथोलिक मुस्लिम बाहुल्याता भएको यस क्षेत्रमा प्रहरी र सैनिकहरूसँगको गोलीबारी भएको थियो ।
मृतक मध्ये मौटे–दौला इस्लामिया नामक सशस्त्र समूहका नेता आमेरोल मङ्गोरान्का पनि रहेको क्षेत्रीय प्रहरी रिपोर्ट गरेको छ ।
समुहले विद्रोही नेताकी श्रीमती र अन्य तीन महिलासहितको समूहसँग एक घण्टा लामो गोलीबारी भएको जनाइएको छ ।
आफुहरुको पक्षमा कुनै हताहत नभएको उल्लेख गर्दै बन्दुक र विस्फोटकहरू बरामद गरेको सेनाले जनाएको छ ।
फिलिपिन्स सेनाको पहिलो इन्फेन्ट्री डिभिजनको रिपोर्टमा जनवरीमा चार जना सैनिकको ज्यान गएको र एक जना घाइते भएको घटनाको पछाडि यो समूह जिमेवार रहेको आशङ्का गरिएको छ ।
मारिएका बन्दुकधारीहरू “मारावी घेराबन्दी र वर्षौंको हिंसाका लागि जिम्मेवार समुह सञ्जालका रहेको, सैन्य एकाईका कमान्डर मेजर–जनरल येगोर बारोकिलोले विज्ञप्ति मार्फत पुष्टि गर्नु भएको छ ।
सन् २०१७ मे सयौं फिलिपिनो मुस्लिम लडाकुहरू साथै विदेशी लडाकुहरू मारावीको मिन्डानाओ सहर कब्जा गर्न सेनामा सामेल भएको जनाइएको छ ।
सरकारी फौजले गरेको रक्तपातपूर्ण घेराबन्दीको पाँच महिना पछि एक हजार भन्दा बढीको ज्यान गुमेको छ भने उग्रवादी समूहका वरिष्ठ नेताहरू मारिका छन् ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया