अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफूविरुद्ध दर्ता गरिएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले वारेस अनुमति दिएको छ ।
सर्वोच्चमा उनले दिएको निवेदनमाथि सुनुवाइ सकिएपछि शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले मुद्दामा वारेस राख्न अनुमति दिएको हो।
यसअघि पनि उनले वारेस राख्न माग गर्दै निवेदन दिएका थिए। तर अदालतले अस्वीकार गरेको थियो। जसकारण उनी अवहेलना मुद्दाको अदालती तारिखमा धाइरहेका थिए ।
प्रधानमन्त्री बालेनले आफू काठमाडौं महानगरपालिकाको मेयर हुँदा आदिपुरूष फिल्ममा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म फिल्ममा रोक लगाउने घोषणा गरेका थिए।
नेपाल चलचित्र संघ (सिनेमा हल सञ्चालकहरूको छाता संगठन) ले महानगरको उक्त निर्णयविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेको थियो। अदालतले महानगरको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्दै काठमाडौं महानगरभित्र हिन्दी फिल्म प्रदर्शनको बाटो खोलेको थियो।
त्यही दिन बालेनले फेसबुकमा ‘सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइने छैन’ भन्ने कडा स्टाटस लेखेका थिए । त्यसपछि अधिवक्ता वर्षा कुमारी झाले सर्वोच्च अदालतमा शाहविरुद्ध अदालतको अवहेलनाको निवेदन दायर गरेकी थिइन्।
उक्त मुद्दामा यसअघि सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासले वारेस अनुमति दिन अस्वीकार गरेको थियो । त्यसपछि बालेन आफैँ सर्वोच्चमा उपस्थित हुँदै आएका थिए ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया