एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
मेरोन्यूज
२०८३ वैशाख ५ गते १९:५७

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि घर फर्किएका छन्।
अध्यक्ष ओली शनिबार त्रिवि शिक्षण अस्पतालबाट ‘डिस्चार्ज’ भएका हुन्। त्रिवि शिक्षण अस्पतालमा ओलीको गत चैत ३० गते पित्तथैलीको शल्यक्रिया भएको थियो। सन्चो लागेपछि शनिबार उनी घर फर्किएका हुन्।
गत चैत १४ गते बिहान ओलीलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि स्वास्थ्य परीक्षण गर्न अस्पताल लगिएको थियो। उनको स्वास्थ्यमा समस्या देखिएपछि त्यसयता अस्पतालमै रहेका थिए।
ओलीपत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटपछि अदालतको परमादेशमा ओली चैत २६ गते हिरासतमुक्त भएका थिए ।
सम्बन्धित


















कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया