नेपाल अमेरिकासँग पराजित

काठमाडौँ, ५ वैशाख: पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ । रुवाण्डामा आज भएको खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको हो ।
अमेरिकाले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७९ रनमा समेटियो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक २७ रन बनाइन् ।
उनले ४५ बलको सामना गर्दै एक चौकाको मद्दतमा २७ रन जोडेकी हुन् । कविता जोशी ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपाललाई सस्तैमा समेट्न अमेरिकाका लागि माहि माधवन र तरनुम चोपराले समान दुई तथा रितु सिंह, लेखा शेट्टी र सैनभीले समान एक÷एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको थियो । प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेल नेपालले आइतबार इटलीसँग खेल्नेछ ।
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया