बुधबार, वैशाख ९, २०८३

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?

मेरोन्यूज २०८३ वैशाख ६ गते १३:०२

काठमाडाैं । सामसङ नेपालले ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी सार्वजनिक गरेको घोषणा गरेको छ, जसले ग्यालेक्सी ए सिरिज लाई थप विस्तार गर्दै उन्नत क्यामेरा प्रदर्शन, स्मार्ट फिचरहरू र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्य राखेको छ।

Advertisement
NiccNicc

सामसङले पहिलेको १२ महिनाको ईएमआई योजनालाई अपग्रेड गर्दै २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध गराएको छ, जसले प्रिमियम प्रविधिलाई अझ सजिलो र पहुँचयोग्य बनाएको छ। यो सुविधा सामसङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत हुलास फिन सर्भ हायर पर्चेस लिमिटेडमार्फत उपलब्ध छ। प्रक्रिया झन्झटररहित छ र केवल नागरिकता भए पुग्छ।

नयाँ ग्यालेक्सी ए सिरिज मा सामसङ को नवीनतम प्रविधि समावेश गरिएको छ, जसमा इन्हान्स्ड अविसम इन्टेलिजेन्स रहेको छ, जसले स्मार्ट अन्तरक्रिया, उत्पादकत्व र कन्टेन्ट सिर्जनालाई सजिलो बनाउँछ। क्यामेरा, प्रदर्शन, डिस्प्ले र सुरक्षा क्षेत्रमा सुधारसहित ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी दैनिक प्रयोगका लागि भरपर्दो प्रदर्शन दिन सक्षम छन्।

यसमा रहेको भ्वाइस ट्रान्सक्रिप्सन फिचरले रेकर्डिङ, कल र भ्वाइस मेललाई टेक्स्टमा रूपान्तरण गर्न मद्दत गर्छ। एआई सेलेक्टले स्क्रिनमा रहेका सामग्रीलाई छिटो चयन गर्ने, निकाल्ने र एपहरूबीच सजिलै सार्ने सुविधा दिन्छ।

अब्जेक्ट इरेजर, फिल्टर्स र ‍एडिट सजेसन जस्ता क्रिएटिभ टुलहरूले फोटो एडिटिङ सजिलो बनाउँछन्। ग्यालेक्सी ए५७ फाइभजी मा बेस्ट फेस र अटो ट्रिम जस्ता थप फिचरहरू पनि समावेश छन्।

दुवै डिभाइसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहितको ट्रिपल क्यामेरा सेटअप छ, जसले विभिन्न प्रकाश अवस्थाहरूमा स्पष्ट र डिटेल फोटो खिच्न मद्दत गर्छ। उन्नत आईएसपी र नाइटोग्राफीका कारण कम प्रकाशमा पनि उज्यालो र नेचुरल फोटो तथा भिडियो लिन सकिन्छ।
एआई आधारित सबजेक्ट रिकग्निसनले राम्रो पोर्ट्रेट, प्राकृतिक स्किन टोन र राम्रो ब्याकग्राउन्ड सेपरेसन सुनिश्चित गर्छ।

अपग्रेड गरिएको सीपीयू, जीपीयू र एनपीयूले स्मूथ मल्टिटास्किङ, स्ट्रिमिङ र कन्टेन्ट क्रिएसनलाई सहयोग गर्छ।

५००० एमएएच ब्याट्रीले २ दिनसम्म प्रयोग गर्न सकिन्छ, र ग्यालेक्सी ए५७ फाइभजी मा सुपर फास्ट चार्जिङ २.० पनि उपलब्ध छ। ठूलो भेपर चेम्बरका कारण ग्यालेक्सी ए५७ फाइभजी लामो समयसम्म स्थिर प्रदर्शन दिन सक्षम छ।

भिजन बुस्टरसहितको डिस्प्लेले भित्र र बाहिर दुवै अवस्थामा स्पष्ट दृश्य दिन्छ। दुवै डिभाइस आईपी६८ रेटिङसहित पानी र धुलो प्रतिरोधी छन्। सामसङले ६ पुस्तासम्म ओएस अपडेट र ६ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराउँदै दीर्घकालीन भरोसा प्रदान गरेको छ।

ए५७ फाइभजी १२जीबी/२५६जीबी को ८९ हजार ९९९ रुपैयाँ र किस्ता सुविधा २४ महिनासम्मको २ हजार ४४२ रुपैयाँ, ए५७ फाइभजी ८जीबी/२५६ जीबीको ८४ हजार ९९९ रुपैयाँ र किस्ता सुविधा २ हजार ३०६ रुपैयाँ, ए३७ फाइभजी १२जीबी/२५६जीबीको ७९ हजार ९९९ रुपैयाँ र किस्ता सुविधा २ हजार १७१ रुपैयाँ, ए३७ फाइभजी ८जीबी/२५६ जीबीको ७२ हजार ९९९ रुपैयाँ र किस्ता सुविधा १ हजार ९८१ रुपैयाँ र ए३७ फाइभजी ८जीबी/१२८ जीबीको ६४ हजार ९९९ रुपैयाँ र किस्ता सुविधा १ हजार ७ सय ६४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया