सोमबार, वैशाख ७, २०८३

गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन

मेरोन्यूज २०८३ वैशाख ७ गते १४:४८

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विवादित विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

लिङ्देनले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको साझेदारीबारे तत्काल स्पष्ट गर्न सरकारसँग माग गरे ।

सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङदेनले सुशासनको कुरा गर्ने सरकारले गृहमन्त्रीबारे सञ्चारमाध्यममा आइरहेका विषयमा स्पष्ट पार्नुपर्ने बताए । उनले ‘स्टन्ट’का भरमा देश नचल्ने भन्दै सरकारको आलोचना समेत गरे ।

‘सुशासनको कुरा गर्ने गृहमन्त्रीको बारेमा अहिले सञ्चार माध्यममा जे आईराखेको छ, त्यसबारे सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छ,’ लिङदेनले भने, ‘गृहमन्त्रीले आफ्नो पोशिजन क्लियर गर्नुपर्छ। पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नु पर्छ।’

प्रतिक्रिया