‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु

पर्वत । पर्वतको मोदी गाउँपालिकामा पहिलो पटक बोरिङमार्फत लिफ्ट खानेपानी आयोजना सुरु भएको छ ।
मोदी गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतीखोला–तिलाहार बोरिङ/लिफ्ट खानेपानी आयोजनाको काम आइतबारदेखि सुरु भएको हो । सो आयोजनाको शिलान्यास मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले गरेका थिए ।
लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका मोदी गाउँपालिका–६ तिलहार, थामर्जुङ र दराक क्षेत्रमा सहज रूपमा खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले योजना अघि बढेको हो । बस्तीभन्दा तल रहेको रतीखोला किनारबाट बोरिङमार्फत पानी उत्खनन् गरिने भएको छ ।
उत्खनन् गरिएको पानी करिब एक किलोमिटर माथि डाँडोमा ट्याङ्की निर्माण गरी लिफ्टमार्फत तानेर घरघरमा वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष लामिछानेले बताए । यो आयोजनाबाट एक हजार घरपरिवारलाई खानेपानीको सुविधा विस्तार गर्ने योजना रहे पनि तत्काल अति समस्यामा परेका दुई सय घरमा विस्तार गरिने जनाइएको छ ।
यो आयोजना मोदी गाउँपालिकाको २५ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारको १५ लाख रुपैयाँ र उपभोक्ताका तीन लाख रुपैयाँ बराबरको श्रमदान गरी ४३ लाख रुपैयाँ लागतमा सम्पन्न हुने भएको छ ।
मुख्य ट्याङ्की ३० हजार लिटर र बाँकी दुई वटा शाखा ट्याङ्की एक हजार पाँच सय लिटर क्षमताको बनाइएको छ । आजभन्दा १८ महिना अघि गरिएको सर्वेक्षणमा १२० मिटर गहिराइमा पानी पत्ता लागेको थियो ।
जसअनुसार गाउँपालिकाले गरेको बोलपत्र आह्वानमा रिमाल बोरिङ लिमिटेडले निर्माणको जिम्मा पाएको छ ।
चालु आर्थिक वर्षभित्रमै सबै घरधुरीमा खानेपानी विस्तार सम्पन्न गरिसक्ने गरी काम सुरु गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिए ।
यसअघि जिल्लाको मोदी र फलेवास नगरपालिकाका विभिन्न स्थानमा बोरिङमार्फत पानी उत्खनन् गरी वितरण गरिएको छ ।


















आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द हुने
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया