आज पनि घट्याे सेयर बजार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८ अंकले घटेकाे छ । आज नेप्से परिसूचक १८ दशमलव १० अंकले घटेर दुई हजार ८०७ दशमलव १२ विन्दुमा कायम भएको हाे ।
मंगलबार ३४७ कम्पनीको एक करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर ९५ हजार ८०० पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड र पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सोलु हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै रु ३७ करोड सात लाख ३५ हजार ९२१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सात लाख ७७ हजार ३७३ कित्ता शेयर किनबेच भएको छ ।
















अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
प्रतिक्रिया