‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–१७ छोरेपाटनका गुरुङलाई नियन्त्रणमा लिई मङ्गलबार कारागार कार्यालय, कास्कीमा बुझाइएको जिप्रकाका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।
गुरुङ लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला ‘जेनजी’ आन्दोलनमा कारागारबाट भागी फरार रहँदै आएका थिए । उनलाई जिप्रका मातहतको वडा प्रहरी कार्यालय, बैदामको टोलीले पोखरा–६ डिकोपाटनबाट पक्राउ गरेको थियो । केही दिनअघि पनि कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई पोखराबाट पक्राउ गरेको थियो ।
हाडनाता जबर्जस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको थियो । रौतहटको डुमडिया गाउँपालिका–१० का परियारले अझै १८ वर्ष चार महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
















महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
नेपाल ‘ए’ ओमानसँग पराजित
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया