अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँगको युद्धविरामको म्याद थप गर्ने अमेरिकाको घोषणालाई स्वागत गरेका छन् ।
महासचिव गरटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्धविरामको म्याद थप गर्दा इरान र अमेरिकाबीच कूटनीति विश्वास निर्माणका लागि महत्वपूर्ण स्थान सिर्जना गर्ने बताएका छन् ।
उनले सम्बन्धित पक्षलाई युद्धविरामको म्याद थप गरी युद्धविरामलाई कमजोर पार्न सक्ने कार्यहरूबाट टाढा रहन र स्थायी समाधानमा पुग्न रचनात्मक वार्तामा संलग्न हुन प्रोत्साहित गरेका छन् ।
डुजारिकले वार्तालाई सहज बनाउने पाकिस्तानको प्रयासलाई महासचिवको पूर्ण समर्थन रहेको पुष्टि गर्दै यो प्रयासले द्वन्द्वको स्थायी समाधानमा पुग्ने अवस्था सिर्जना गर्न योगदान पुर्याउने आशा व्यक्त गरेका छन् ।
द्वन्द्व अन्त्य गर्ने र स्थायी समाधान खोज्ने उद्देश्यले अमेरिका र इरानबीच दोस्रो चरणको वार्ताका लागि पाकिस्तानी नेतृत्वको प्रयासको बिचमा राष्ट्रसङ्घको स्वागत आएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार इरानले स्थायी रूपमा द्वन्द्व अन्त्य गर्ने प्रस्ताव पेस नगरेसम्म इरानसँगको युद्धविराम विस्तार गर्ने बताएका छन् ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया