आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ल्याएको माई–आस्बा सुविधाले ग्राहककाे आईपीओ आवेदन प्रक्रियालाई थप सहज बनाएको छ । मोबाइल बैंकिङ एपबाटै आईपीओ अप्लाई गर्न मिल्नेगरी बैंकले गत वर्ष माई–आस्बा फिचर सञ्चालनमा ल्याएको थियो ।
यो सुविधाले ग्राहकहरुको सेयर आवेदन प्रक्रियालाई सहज बनाउनुका साथै मेरोसेयरको आइडी/पासवर्ड र सीआरएन नम्बर सम्झिनुरहनुपर्ने झन्झटको पनि अन्त्य गरेको बैंककी डिम्याट/आस्बा प्रमुख रोजिना तिवारी बताउँछिन् । ‘राम्रो प्रतिकृया पाइरहेका छौं, आईपीओ भर्नेदेखि आईपीओ परे/नपरे लगायतका सबै अपडेट मोबाइल बैंकिङ एपबाटै हेर्न मिल्ने भएपछि ग्राहकले निकै रुचाउनुभएको छ’ उनले भनिन् ।
याे सुविधा ल्याउने पहिलो बैंक नै सिटिजन्स बैंक रहेको उनले बताइन् ।

ग्राहकले आईपीओ भर्ने क्रममा विभिन्न गल्ती गर्दा आवेदन बिग्रने र रद्द हुने गरेकाे प्रमुख तिवारीले बताइन् । ‘धेरैजसो ग्राहकले १० कित्ता भर्न खोज्दा १०० कित्ता भर्ने, सीआरएन नम्बर मिस्टेक राख्ने, एक कम्पनीको आईपीओ भर्न लाग्दा अर्कैमा भर्ने, जस्ता त्रुटि मूख्यरुपमा गर्नुहुन्छ’ उनले भनिन् ।
सिटिजन्सकाे माई–आस्बाबाट सेयर अप्लाई गर्दा प्रक्रिया पुगे, नपुगेको पनि सहजै जानकारी लिन सकिने भएकाले आवेदन रिजेक्ट हुने जोखिम कम रहेको उनी बताउँछिन् ।

माई–आस्बामा जोडिने प्रकृयाबारे जानकारी दिँदै प्रमुख तिवारीले भनिन्, ‘यसका लागि सिटिजन्स बैंकको मोबाइल बैंकिङ खोलेपछि त्यहाँ ‘माईआस्बा’ अप्सन हुन्छ, त्यसमा क्लिक गर्नुपर्छ । त्यसपछि पहिलोपल्ट खोलेका ग्राहकले डिम्याट नम्बर राख्नुपर्छ, अनि लिंक गर्न मिल्छ, जसमा सीआरएन नम्बर पनि सिधै लिंक हुन्छ । तर यदि सीआरएन नम्बर लिएकै छैन भनेपनि समस्या हुँदैन, डिम्याट नम्बर राखेपछि सिआरएन नम्बर आफै अपियर हुन्छ ।’
अर्कोपटकदेखि भने सिधै आईपीओ भर्न मिल्ने उनले बताइन् ।
सीआरएन नम्बर लिन ग्राहकले बैंक धाउन नपर्ने गरी घरबाटै लिन मिल्ने सुविधा पनि रहेको उनले जानकारी दिइन् । ‘हामीले कस्टमरलाई जतिसक्दो सहज रुपमा डिम्याट, आइपिओसँगै विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने प्रयास गरिरहेका छौं’, उनले भनिन् ।
ग्राहकहरुको सहजताका लागि अनलाईनबाटै डिम्याट अकाउन्ट खोल्ने सुविधा दिनेबारे पनि अध्ययन भइरहेको उनले बताइन् ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया