अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग

काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको गत चैत २७ र २८ गते रूपन्देही महाधिवेशनबाट चयन गरिएको अवैधानिक कार्यसमिति तत्काल विघटन गरी सर्वपक्षीय तदर्थ समिति गठन गर्न माग गरिएको छ ।
महाधिवेशन प्रतिनिधिहरूले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाउँदै उक्त नयाँ कार्यसमिति तत्काल विघटन गर्न माग गरेका हुन् ।
ध्यानाकर्षणपत्रमा आर्थिक तथा प्रशासनिक अनियमिततामाथि उच्चस्तरीय छानबिन गर्नुपर्ने, जालसाजीपूर्ण निर्वाचन प्रक्रिया बदर गरी दोषी देविदत्त आचार्यलगायतमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम कारबाही गर्नुपर्ने, कार्यक्रमस्थलको सिसीटीभी फुटेज सुरक्षित राखी अनुसन्धान अगाडि बढाउनुपर्ने माग गरिएको छ ।
ध्यानाकर्षणपत्रमा घटनामा संलग्न देविदत्त आचार्य, जोगबहादुर खत्री तथा सम्बन्धित प्रहरी अधिकारीहरूमाथि विशेषगरी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ५३ र ५५ बमोजिम कारबाही गर्नुपर्ने, विगतका आर्थिक तथा प्रशासनिक अनियमिततामाथि समेत उच्चस्तरीय छानबिन गर्नुपर्ने रहेको छ ।
महाधिवेशनमा प्रहरी, बाउन्सर, स्वयंसेवक तथा पर्यवेक्षकको नाममा राखिएका व्यक्तिबाट अपाङ्गता भएका व्यक्तिहरूलाई कुटपिट अमानवीय व्यवहार तथा मानवअधिकारको समेत उल्लङ्घन गरेको हुँदा उक्त घटनाको अध्ययन गर्न छानबिन समिति गठन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्कीले असंवैधानिक रूपमा चयन गरिएको नयाँ कार्यसमितिलाई तत्काल कामकारबाही रोकी अपाङ्गता भएका व्यक्तिहरूलाई कुटपिट गर्नेलाई कडा कारबाही गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको बताए ।
















नेपाल भानुआटुसँग २२ रनले पराजित
एमाले प्रमुख सचेतकमा ऐन महर
पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया