शनिबार, वैशाख १२, २०८३

थापाथलीपछि गैरीगाउँ सुकुमबासीमा बस्ती डोजर लगिँदै

मेरोन्यूज २०८३ वैशाख १२ गते १२:५७

काठमाडौँ । थापाथली स्थित सुकुमबासी बस्ती खाली गरेसँगै अब काठमाडौँ महानगरपालिकाकै गैरीगाउँ क्षेत्रमा रहेको सुकुमबासी बस्तीमा डोजर जाने भएको छ ।

Advertisement
NiccNicc

थापाथलीमा सुकुमबासी बस्तीमा अस्थायी घर टहरा (बाँस, जस्तापाता) लगायतको भएपनि गैरीगाउँमा पक्की भवनहरु समेत भएकोले जनशक्ति थपेर डोजर चलाउने महानगर प्रहरीले जनाएको छ । थापाथलीमा सडक विभागको २ वटा र महानगरपालिकाको २ वटा गरी ४ वटा डोजरहरू चलेको थियो । पछि थप २ स्क्याभेटर समेत ल्याइएको थियो ।

गैरीगाउँमा  १ बजेपछि डोजर चलाउने तयारी भइरहेको नगर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया