मास्क लगाएर खेती गर्दै किसान

बलेवा । कोरोनाको संक्रमणले गाउँतहसम्म आक्रान्त पारेपछि खेतीपाती गर्नेले पनि मास्क लगाएर काम गर्न थालेका छन् । मास्क लगाउने, नियमित हात धुने, सरसफाइमा ध्यान दिने र सामाजिक दुरी कायम गर्ने मान्यतालाई ग्रामीण क्षेत्रमा पालना गर्न थालेको किसानले बताए । ‘‘काम नगरी खान पाइँदैन, तर सामाजिक दुरी बनाएर काम गरेका छौं’’ बागलुङ नगरपालिका-१२ अमलाचौरकी पार्वती आचार्यले भने, ‘‘मकै गोड्न जाँदा पनि मास्क अनिवार्य गरेका छौंँ ।’’
बालबालिका, बुढाबुढीसहित सबैलाई मास्कको आवश्यकताबारे स्वास्थ्यकर्मीले जानकारी गराएका थिए । शुरुआतमा अटेर गरेकाहरु गाउँघरमा संक्रमित थपिएपछि मात्रै डराएर लगाउन थालेका हुन् । घरमा बस्दा पनि अनिवार्य मास्क लगाउन भनेको अमलाचौर स्वास्थ्य चौकीकी अनमी कल्पना शर्माले बताए । ‘‘शुरुमा लापरवाही थियो, जथाभावी हिंड्ने पनि थिए, गाली गरियो, सम्झाइयो अनिमात्र सुधार भएको छ’’, शर्माले भने, ‘‘लक्षण देखिएमा कोरोना परीक्षणमा पनि पठाइएको छ ।’’
बलेवा क्षेत्रमा मात्रै अझैपनि ३५० बढी सक्रिय संक्रमित छन् । घरघरमा संक्रमण अझै बढ्ने खतरा रोक्न बाहिर निस्कन कडाइ गरिएको उनले बताए । यतिबेला गाउँगाउँमा खेतीपातीको समय छ । ताराखोला, ढोरपाटन, बडिगाडका उच्च पहाडी क्षेत्रमा मकै गोड्ने, उच्च स्थानमा आलु खन्ने काम भैरहेका छन् । ‘‘काम त गर्नैपर्छ, तर सर्तकता अपनाएका छौं’’ ताराखोला गाउँपालिका–२ का अध्यक्ष भद्रबहादुर घर्तीले भने, ‘‘बारीमा पनि सामाजिक दुरी कायम गरेका छौं ।’’
यो वर्ष अघिल्लो वर्षझै पर्म लगाउन नसकेको उनको भनाइ छ । पर्मका लागि मानिस जुटाउँदा संक्रमणको डर भएकोले एक्लाएक्लै काम गरिएको उनले बताए । गलकोटमा पनि खेताला नपाउने समस्या परेको स्थानीयवासी बताउँछन् । बडिगाडका किसानले यतिबेला बढी सास्ती खेपेका छन् । यहाँ धेरै संक्रमित भेटिएका छन् । धेरै जनाको मृत्यु भएकाले कतिपय सामान्य लक्षण भएका पनि कमजोर बनेकाले घरको कामसमेत गर्न नसकेको स्थानीयवासी झविन्द्र बुढाथोकीले बताए ।
‘‘गाइभैँसीलाई घाँसपात पनि गर्न नसकेर भित्रै बसेकाहरु पनि छन्’’ उनले भने, ‘‘वैशाखको २० पछि खेतीपातीमा ध्यान दिनै पाइएको छैन ।’’ चरनमा लैजाने किसानले यसपटक पशुलाई घरमै बाँधेर राखेका छन् । रासस















कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार
बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
पूर्वगृहमन्त्री लेखक पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
प्रतिक्रिया