रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको र रूसी आक्रमणले मध्य युक्रेनमा एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
दक्षिणी रूसको प्रमुख तेल प्रशोधन केन्द्रमा युक्रनी आक्रमण पछि आगलागी भएको जनाइएको छ भने तटीय सहर टुआप्समा आगलागीका कारण बाक्लो कालो धुवाँले स्थानीय आपतकालको अवस्था उत्पन्न भएको जनाइएको छ ।
युक्रेनी सशस्त्र फौजले गरेको ड्रोन आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको बेलगोरोडका क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले टेलिग्राम मार्फत जनाउनु भएको छ ।
एउटा कारलाई निशाना बनाइ गरिएको आक्रमणमा एक जना पुरुष र एक जना महिलाको मृत्यु भएको उनले पुष्टि गरेका छन् ।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु भए देखि रूसले युक्रेनका प्रमुख पूर्वाधार स्थलहरूमा नियमित रूपमा बमबारी गरिरहेको जनाइएको छ ।
मध्य युक्रेनको क्रिवी रिग सहरमा भएको रूसी आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको ड्निप्रोपेट्रोभस्क क्षेत्रका प्रमुखले सामाजिक सञ्जाल मार्फत जनाएका छन् ।
मस्कोको सेनाको क्षमतालाई कम गर्न रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको किभले बताएको छ ।
रूसको दक्षिणमा स्थित तटमा रहेको टुआप्स तेल प्रशोधन केन्द्रमा पछिल्लो समयमा धेरै पटक विस्पोट भएको जनाइएको छ ।
गत हप्ता भएको युक्रेनी ड्रोन आक्रमण पछि धेरै दिन सम्म उक्त तेल प्रशोधन केन्द्रमा आगो लागेको जनाइएको छ ।
सुरक्षाकोलागि अधिकारीहरूले स्थानीयवासीहरुलाई बाहिरी गतिविधि सीमित गर्न र घरमा झ्यालहरू बन्द गरेर आदेश दिएका छन् ।
















ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया