पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता

बाजुरा । हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीस्थित वनमा चराउन लगेका चौपाया घर फर्काउनेक्रममा मङ्गलबार साँझ परेको वर्षासँगै आएको पहिरो र चट्याङबाट १६ भेडाबाख्रा मरेका र ३८ वटा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिएको छ ।
उनका अनुसार सोही गाउँपालिका–२ का स्थानीय चैनबहादुर विष्टका दुईवटा भेडाको मृत्यु, नौवटा बेपत्ता, अमृत ल्वारका तीन वटा भेडा पहिरोमा परी मरेका, १४ बेपत्ता भएको प्रहरी प्रवक्ता शाहीले बताए । भीषण वर्षापछि आएको पहिरोमा पुरिएर सोही वडाका स्थानीय किसानका पाँचवटाको मृत्यु, १० वटा बेपत्ता र ऐनबहादुर विष्टका तीनवटाको मृत्यु, पाँचवटा बाख्रा बेपत्ता भएको छ ।
त्यसैगरी, त्रिवेणी नगरपालिका–९ पैमाको खोया लेकमा स्थानीय कुलबहादुर साउदको गोठमा चट्याङ लागेर तीनवटा भेडाबाख्रा मरेका छन् । मङ्गलबार बेलुकी आएको हुरीबताससहित असिनापानी र चट्याङका कारण ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै मङ्गलबार आएको हुरीका कारण खप्तड छेडेदह गाउँपालिका–१ काँडाको काँट्यामा स्थानीय वीरे रावलले सञ्चालन गरेको पसल उडाएर क्षति भएको छ । स्थानीय व्यापारी रावलको काठ र जस्तापाताले बनाएको भुइँतले पसल हुरीले उडाएर लत्ताकपडासहित सिलाउने मेसिनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
हुरीबताससहित वर्षाले क्षति पुर्याएको प्रहरी चौकी कुन्ना, प्रहरी चौकी बडीमालिका र प्रहरी चौकी काँडाबाट प्रहरी टोली खटिइ क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरी प्रवक्ता शाहीले जानकारी दिए । यसैगरी हुरीबताससहित असिनापानीका कारण पाकेको गहुँ बालीमा पनि क्षति पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया