बिहीबार, वैशाख १७, २०८३

उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना

मेरोन्यूज २०८३ वैशाख १६ गते १५:३७

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर अस्पताल भर्ना भएकी छन् ।

Advertisement
NiccNicc

उनलाई बुधबार बिहान अर्धचेत अवस्थामा ललितपुरस्थित किस्ट अस्पताल पुर्‍याइएको थियो ।

प्रारम्भिक उपचारपछि उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको अस्पतालले जनाएको छ । अहिले विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया