मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक

गोरखा । प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन् ।
यस क्षेत्रको व्यवस्थापनको जिम्मा लिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार गत वर्ष २०८२ मा करिब १५ हजार जना पर्यटकले सो क्षेत्रको भ्रमण गरेका हुन् ।
विदेशी र स्वदेशी गरी १४ हजार ८९९ जना पर्यटकले यस वर्ष मनास्लु आरोहण गरेका एमक्यापका सूचना अधिकारी भुवन ओझाले जानकारी दिए ।
“२०८१ सालमा १० हजार ४२३ जनाले मनास्लु भ्रमण गरेका थिए । २०८१ को तुलनामा २०८२ मा चार हजार ४७६ जना पर्यटकको सङ्ख्या वृद्धि भएको छ”, उहाँले भने, “हरेक महिनाको पर्यटक सङ्ख्या तुलना गर्दा अघिल्लो वर्षभन्दा २०८२ मा बढेको देखिन्छ । यसले मनास्लु क्षेत्रको पर्यटन सुधार भएको सङ्केत गर्दछ ।”
वैशाख, जेठ, असोज र कात्तिक महिनामा सबैभन्दा धेरै पर्यटक आएका एमक्यापले जनाएको छ । असार, साउन र माघजस्ता बेमौसमका महिनामा पनि पर्यटक सङ्ख्या उल्लेखनीय वृद्धि भएको देखिएको ओझाको भनाइ छ । अन्य सबै महिनामा वृद्धि भए पनि चैत महिनामा भने पर्यटक सङ्ख्या घटेको देखिन्छ ।
अमेरिका, इजरायल, इरान तथा अरवी मुलुकहरूमा विद्यमान युद्ध बढ्दो तनावका कारण विश्वव्यापी पर्यटन प्रभावित भएको एमक्यापको निष्कर्ष छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया