अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
मेरोन्यूज
२०८३ वैशाख १७ गते २१:११

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्यएसिया मामिला हेर्ने विशेष दूत सर्जियो गोर ६ सदस्यीय प्रतिनिधिमण्डलसहित काठमाडौँ आइपुगेका छन्।
तीन दिने नेपाल भ्रमणका क्रममा गोर बिहीबार साँझ काठमाडौँ आइपुगेका हुन्। उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटवार्ता गर्नेछन्।
गोरले तीन दिन नेपालमा रहँदा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
गोर हाल भारतका लागि अमेरिकी राजदूत छन् भने राष्ट्रपति ट्रम्पका विश्वासपात्र कूटनीतिज्ञ मानिन्छन्।
गत फागुन २१ को चुनावपछि शाह नेतृत्वमा सरकार बनेपछि नेपाल आउन लागेका उनी सबैभन्दा उच्च ओहोदाका अमेरिकी कूटनीतिज्ञ हुन्।
उनको प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता हुन्छ वा हुँदैन त्यो भने निश्चित छैन्।
सम्बन्धित
















देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया