जो, आफ्नै गाडीमा निःशुल्क कोरोना संक्रमित बोक्न तम्सिए

काठमाडौँ । देशभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तीव्र गतिमा बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि सबैले आआफ्नो क्षेत्रबाट योगदान दिँदै आएका छन् । यही क्रममा कोरोना नियन्त्रण गर्न आफूले सक्दो सहयोग गर्ने भन्दै शेर बहादुर दुवाडीले स्थानीयबासीलाई अपिल गरेका छन् । उनले संक्रमितलाई आफ्नो गाडीमार्फत निःशुल्क अस्पतालसम्म पुर्याउने बाचाका साथ सम्पर्क गर्न अपिल गरेका हुन् ।
धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका ४ ढोला निवासी दुवाडी पेसाले सवारी चालक हुन् । उनले आफ्नै गाडीमार्फत कोरोना संक्रमितलाई निःशुल्क ओसारपसार गर्ने बताएका हुन् । गाउँमा कोरोना संक्रमण दर बढेपछि एम्बुलेन्स तथा सवारी साधनको अभावलाई मध्यनजर गर्दै निःशुल्क सेवा दिने प्रयास गरेको उनले बताए ।
‘मैले यो विषयमा हाम्रा वडाध्यक्षसँग कुरा गरेको थिए, तर उहाँले सहकार्यका लागि तयार हुनु भएन, धेरै नसके पनि आफ्नो वडाका विरामीलाई निःशुल्क सवारी सेवा उपलब्ध गराउने प्रयास गरेको छु,’ मेरोन्युजसँगको कुराकानीमा उनले भने, ‘पूरै गाउँपालिकामा सेवा दिन तयार छु, मेरो फोन नम्बरहरू ९८४१४५०९५८, ९८४३६०७०६५ मा सम्पर्क गर्नु होला ।’
यो काम जनप्रतिनिधिले गर्ने हैन र ? भन्ने मेरोन्युजको प्रश्नमा उनले थपे, ‘यस्तो महामारीको समय छ, जसले सक्छ उसैले गर्ने हो, मसँग सवारी साधन छ, सवारी साधनको अभावमा मैले आफ्नो क्षेत्रबाट सक्ने सहयोग गर्ने प्रयास गरेको हुँ ।’
उनले आफ्नो गाउँ ठाउँमा संक्रमितले सवारी नपाएर दुःख नपाओस् भनेर सेवा गर्ने प्रतिबद्धता गरेको बताए । उनको कामलाई गाउँपालिकाले समेत राम्रो भएको प्रतिक्रिया दिएका छन् । गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सिनाले भने, ‘यस्ता काम गर्नु मानवीयताको काम हो, उहाँले राम्रो काम गर्न लाग्नु भएको छ, तर स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गर्दछु ।’
अध्यक्ष तिमल्सिनाले गाउँपालिकामा सवारी साधानको समस्या नभएको बताए । उनले भने, ‘हामी कहाँ एम्बुलेन्सको सुविधा छ, यदि, कसैलाई चाहिएमा नजिकको जनप्रतिनिधि वा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला ।’
गाउँपालिकामा पछिल्लो समय कोरोना संक्रमितको दर तीव्र रुपमा बढेको तथ्यांकले पुष्टि गरेको छ । गाउँपालिकामा ८२ जना सक्रिय संक्रमित रहेको अध्यक्ष तिमल्सिनाले बताए । गाउँपालिकामा कोभिड अस्पताल बनाइएता पनि सबै जना होम आइसोलेसनमा बस्दै आएको उनले बताए ।
गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले भने, ‘हामीसँग ५ वटा आइसोलेसन बेड छ, त्यो अझै प्रयोग गर्नु परेको छैन, यस्तै, ३५ वटा शय्याहरु तयारी अवस्थामा रहेको छ ।’
पालिकामा स्वाव संकलनको काम भइरहेको तर परीक्षणको नतिजा आउन ढिला गरेको अध्यक्ष तिमल्सिनाले बताए । ‘पछिल्लो चरणमा २ सय ४१ जनाको स्वाव पठाएका थियौँ, तर नतिजा ढिला आउनाले न्युनीकरणमा समस्या आएको छ,’ उनले थपे, ।
बजारमा हिड्छन् संक्रमित
पालिकाका अध्यक्षले कोरोना नियन्त्रणमा भएको बताए पनि स्थानीयबासीले संक्रमितले लापरबाही गरेको बताउँदै आएका छन् । कोरोना पुष्टि भएका संक्रमितसमेत आइसोलेसनमा नबसी बजारमा हिडडुल गर्दै आएका छन् ।
संक्रमित खुलेआम हिड्दा रहेछन् नि ? भन्ने प्रश्नमा पालिकाका अध्यक्ष तिमल्सिनाले भने, ‘त्यो कुरा ठिक हो, तर हामीले उहाँहरूलाई गएर सम्झाएका छौँ ।’
संक्रमितको लापरबाहीले थप जोखिम बढेको स्थानीयले बताएका छन् । पालिकाले कोरोना नियन्त्रण तथा रोकथाम गर्न अत्याश्यकबाहेक सबै बन्द गर्ने निर्णय गर्ने तयारी गरेको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया