गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १६ मा बस्ने

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १६ गते आइतबार दिनको १ बजे आव्हान गर्न प्रदेश सरकारले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष सिफारिश गरेको छ ।
गण्डकी प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आव्हान गर्न प्रदेश प्रमूख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
प्रवक्ता बस्नेतका अनुसार नेपालको संविधानको धारा १६६ को उपधारा २ बमोजिम प्रदेश सरकारले उक्त सिफारिस गरेको हो । यसअघि वैशाख २ गते विपक्षी दलहरुले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै तत्कालिन प्रदेश प्रमुख अमिक शेरचन समक्ष निवेदन बुझाएका थिए ।
प्रदेश प्रमूख शेरचनले वैशाख १३ गते सोमबार दिउँसो २ बजेका लागि बैठक आह्वान गर्नु भएको थियो । त्यस दिन जनमोर्चाका एक प्रदेससभा सदस्य सम्पर्कमा नआएपछि बैठक स्थगित भएको थियो ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकको अर्को निर्णय भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रदेश सडक सम्बन्धी विधेयकको निर्माणको सैद्धान्तिक स्वीकृत दिएको छ ।









जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी
दाङको लमहीमा होटल सञ्चालक भेटिए मृत
महाधिवेशन प्रतिनिधिलाई बसाेबासको व्यवस्था गरिने
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
आज देशभरको मौसम कस्तो रहला ?
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया