स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
मेरोन्यूज
२०८३ वैशाख २० गते १५:२६

काठमाडाैं । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य उत्तीर्ण गर्नुपर्ने भएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हाे ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार चुनावमा उम्मेदवार हुन चाहने पार्टी सदस्यले तोकिएको आन्तरिक परीक्षा र प्रशिक्षण अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ।
रास्वपाले उम्मेदवार छनोटका लागि सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय स्थानीय निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति गठन गरेको थियो।
बैठकमा समितिले स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन सभापति रवि लामिछानेलाई हस्तान्तरण गरेको थियो।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया