आजको राशिफल : ज्येष्ठ १२ गते बुधबार

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको १२ गते बुधबार, वैशाख शुक्लपक्षको पूर्णिमा तिथि । आज बुद्धजयन्ती,उभौली पर्व, कूर्मजयन्ती पनि परेको छ । अब लागौंको आजको राशिफलतर्फ ।
मेष
मनमा अत्याधिक निराशा आउने भएकाले आफूले आफूलाई अत्यन्त कमजोर मात्र देख्ने अर्थात लद्युताभाष मात्र हुने छ । पेशागत जीवन भने सामान्य नै रहने छ । आम्दानीमा पनि त्यस्तो नकारात्मक अवस्था आउने छैैन् । बोलीमा भने अलि कडापन देखा पर्ने भएकाले ध्यान दिनु होला । आयात निर्यात, औषधी, रसादी, पानी, दुध, कोल्ड ड्रिङ्ग, आइसक्रिम जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई प्रतिकुल समय चलिरहेको छ । चिसो र पानीबाट बच्नु होला ।
वृष
पारिश्रमिक तथा ज्याला वा पाउनु पर्ने रकम प्राप्त गर्नमा कठिनाई हुने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्न जाने छ । दाम्पत्य जीवनमा समस्याहरु देखा पर्ने छन् । आत्माबलसहितको दृढ ब्यक्ति हुने भएकाले समस्याहरुसँग जुध्न भने निकै तागत प्राप्त हुने छ । रिस अलि छिटो उठ्ने भएकाले यसबारेमा संयम रहनु होला । आम्दानीमा पनि केही बृद्धि हुने छ । उद्योग कलकारखाना, छालाजन्य ब्यापार, ठेक्कापट्टा, ढुवानीका सवारीसाधन, फलाम जस्ता ब्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ ।
मिथुन
मनमा दुविधाले सताउने छ । यो गरौँ कि त्यो गरौँ भइरहने छ । समय अलि प्रतिकुल रहेकाले संयमताको खाँचो देखिन्छ । भाग्यको साथ नदिनाले कार्य सफलता प्राप्त हुने छैन् । साझेदारीमा गरिएका कामहरुमा भने केही सफलता मिल्ने भएकाले राहत प्रदान गर्ने छ । पेशागत जीवनमा केही संघर्ष गर्नु पर्ने अवस्था आउन सक्ने छ । मजदुर परिचालन गर्नु पर्ने काम, ठेक्कापट्टा, सार्वजनिक र भाडाका सवारीसाधन, छाला जुत्ताको कारोबार जस्ता पेशा ब्यवसायमा रहेकाहरुलाई समय प्रतिकुल छ ।
कर्कट
पेशागत जीवनमा भने केही उतारचढाव देखा पर्न जाने छ । पैतृक सम्पत्ति वा आफैले यसअघि कमाएर राखेको सम्पत्तिले साथ दिने छ । परिवारको साथ पाइने हुनाले समस्यासँग जुध्न तागत मिल्ने छ । भित्रि बुद्धि र चुतु¥याईँले काम गर्ने भएकाले धेरै हडबडाई हाल्नु पर्ने छैन् । शिक्षा क्षेत्र, अध्ययन अध्यापन, प्राध्यापन, प्रशिक्षक, स्टेशनरी पसल, प्रकाशन गृह जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ ।
सिंह
आम्दानीमा पनि केह बृद्धि हुन जाने छ । पेशाप्रति कटिबद्ध र प्रतिबद्ध हुने स्वाभाव हुने छ । बिनाकारण खर्च भएका वा फसेका धन फिर्ता हुने छ । दाम्पत्य जीवनमा भने केही बिबाद तथा कटुताहरु देखा पर्न जाने छ । साझेदारीमा गरिएका कामहरुमा बिबादले उग्र रुप लिने छ । धन सम्पत्तिसँग जोडिएका विषयले तनाब दिने छन् । संयमित भएर रहँदा फाइदा हुने छ ।
कन्या
पेशागत जीवनमा झैझगडा तथा विवाद निम्तिने छ । तर आन्तरिक चतुरता र व्यवस्थापनबाट ती समस्याहरुबाट बाहिर निस्कन सकिने छ । छोटो छोटो यात्रामा निस्कनै पर्ने बाध्यता आइ लाग्ने छ । धन सम्पत्तिमा केही बृद्धि नै हुने छ । भाग्य बलियो भएका कारण धेरै डराई हाल्ने अवस्था देखिँदैन् । सन्तान सुखको कमि हुने देखिन्छ । धेरै जोखिमपूर्ण कार्यमा निर्णय लिने समय छैन् ।
तुला
पेशा ब्यवसायबाट धन बृद्धि हुन मद्धत पुग्ने छ । पेशागत जीवन सतत हुने छ । तर लिइएका लक्ष्यहरु भने पुरा हुन कठिन हुन जाने छ । परिवारप्रति समर्पित हुने स्वाभावमा बृद्धि हुने छ । बोलीको प्रभाव नकारात्मक बन्न पुग्ने भएकाले यसबारेमा विचार गर्नु होला । साझेदारीमा गम्भीरखाले समस्या निम्तिन जाने भएकाले सतर्कता साथ पाइला चाल्नु हुँदा फाइदा हुने छ । व्यवस्थापन, राजनीति, बैंक फाइनान्स जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहेको छ ।
वृश्चिक
भाग्यको साथ रहेकाले गर्न खोजिएका कामहरुमा प्रगति हुने छ । मनमा दृढता आउने छ । तर कतिपय अवस्थामा नकारात्मक विचारमा पनि दृढता वा ढिपी जस्तो गरी आउने छ । शारीरिक थकान धेरै देखा पर्ने छ । मनोबलको कमि हुने छ । आगो, विद्युत तथा तातो वस्तुबाट सतर्क रहनु होला । होटल, रेष्टुरेण्ट, डान्स बार, बाउन्सर, खेल जस्ता क्षेत्रमा आवद्ध ब्यक्तिहरुको हकमा समय प्रतिकुल रहेकाले सतर्क रहनु होला ।
धनु
अनावश्यक विषयमा चिन्ता लाग्ने छ । तत्काल सोच्नै नपर्ने विषयमा पनि सोचाईहरु तारन्तार आएर मनमा खिन्नता देखा पर्ने छ । प्रतिष्पर्धात्मक स्वाभाव बलियो हुने भएकाले दृढता देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द देखा पर्ने छ । यस्तो अवस्थामा साझेदारहरुका बीच भौतिक तँछाड मछाड समेत हुने भएकाले यसबारेमा उच्च सतर्क रहनु होला । आम्दानीमा बाधा ब्यवधानहरु आउने र पेशागत जीवनमा समस्या देखा पर्ने छ ।
मकर
अरुले देख्दा कडा खालको स्वाभाव हुने छ । धेरै रिस उठ्ने छ । प्रतिष्पर्धात्मक स्वाभाव भने बृद्धि हुनेछ । अध्ययन अध्यापनमा अवरोध आउने छ । पेशागत जीवनमा कठिनाईहरु आउने छन् । सञ्चित धनले कठिन समयमा ठुलो काम दिने छ । आम्दानीको विषयलाई लिएर मनमा डर र त्रास उत्पन्न गराउने छ । जीवनसाथिको साथ लिएर काम गरेमा आम्दानीमा बढोत्तरी हुने छ । साझेदारीमा गरिएका कामहरुले नतिजा दिन थाल्ने छन् ।
कुम्भ
पेशागत जीवनमा बादबिबाद चर्किन पुग्ने छ । अनावश्यक द्वन्द र बिबादमा होमिनु पर्ने भएकाले यसमा सतर्कतासहित कदम चाल्नु होला । लेनदेनका विषयमा झगडा उत्पन्न हुने छ । गरिराखेको काम प्रति वितृष्ण भएर छोडौ छाडौ लाग्ने भएकाले यसबारेमा कुनै गम्भीर निर्णय नलिनु होला । दृढताको कमि हुने छ । परिवारको साथ रहनाले कठिन समयमा संहालिन ठुलो मद्दत प्राप्त हुने छ ।
मीन
अलि अस्थिर प्रकृतिको ब्यक्तित्व बन्ने छ । जान्दा जान्दै पनि केही नजानेको जस्तो मनमा लाग्ने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । भित्रि बुद्धि सक्रिय हुने हुँदा त्यसले केही राहत दिने हुँदा संहालिन मद्दत पुग्ने छ । घर घडेरीका विषयमा तिब्र विचारहरु आउने छन्, जुन सकारात्मक बन्ने छैन् । यस्तो अवस्थामा घर घडेरीमा लगानी हुने रकम फस्ने वा बैना डुब्ने जस्तो अवस्था आउने भएकाले सतर्कता सहित अघि बढ्नु होला । अध्यापन, प्रशिक्षण, स्टेशनरी, शिक्षा क्षेत्र, प्रेस जगतमा संलग्नहरुलाई समय प्रतिकुल रहेकाले सतर्क रहनु होला ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया