मंगलबार, वैशाख २२, २०८३

सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह

मेरोन्यूज २०८३ वैशाख २१ गते १६:००

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताएका छन् ।

Advertisement
NiccNicc

आज बर्दगोरिया कलेजको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गर्दै उनले सीमित स्रोतसाधनका बावजुद प्रदेश सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताए ।

मुख्यमन्त्री शाहले प्रदेश सरकार शैक्षिक गुणस्तर सुधारका साथसाथै बेरोजगारी समस्या समाधानतर्फ उन्मुख रहेको बताए । उनले हाल आधा किलोमिटर सडक दूरीभित्र कम्तीमा ९० प्रतिशत बालबालिका शिक्षाको पहुँचमा पुगेको बताउँदै बाँकी १० प्रतिशत बालबालिकालाई सडक सञ्जालसँग जोडेर दूरी घटाउनेतर्फ सरकार सक्रिय रहेको बताए ।

कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्का, बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवर, पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने, सामाजिक विकास सचिव डा हेमराज रेग्मीलगायत सहभागिता रहेको थियो ।

यहाँ सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा विनियोजन गरेको रु १० करोडको लागतमा भवन निर्माण सुरु भएको हो ।

प्रतिक्रिया