पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते

पर्वत । म्याग्दी सदरमुकाम बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६७५ नम्बरको विद्युतीय सवारी मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत सदरमुकाम कुश्मा नजिकै माझमेलामा आज दुर्घटना भएको छ ।
सो दुर्घटनामा परी १० जना घाइते भएका छन् । तीव्र गतिमा गुडिरहेको गाडी चिप्लिएर नालीमा खसेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिए ।
उनका अनुसार घाइते हुनेमा म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाता तोपानीका ६० वर्षीया देवी खत्री, कास्की, पोखरा महानगरपालिका–१३ बस्ने ५५ वर्षीय लालवीर दमै, सोही ठाउँकी २५ वर्षीया सीता परियार, पर्वतको जलजला गाउँपालिका–२ की ३८ वर्षीया लिला परियार, उनका छोरा आठ वर्षका दिप्सन परियार घाइते भएका छन् ।
यसैगरी ४९ वर्षीय विष्णु दमै, १९ वर्षीय सुस्मिता दमार्इं, पोखरा महानगरपालिका–१० बस्ने ३८ वर्षीया सुशीला थापा ५० वर्षीया लिला थापा रहेको प्रहरीले जनाएको छ ।
सबै घाइतेको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ । घाइते अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको छ । सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
प्रतिक्रिया