सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका आन्तरिक विषयमा सात वटा निर्णय गरेको छ ।
नेपाली कांग्रेसले सुकुम्वासी बस्ती हटाउने कार्यलाई सरकारको क्रुर र अमानवीय कदम भनेको छ। सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले क्रुर र अमानवीय कदम भनेको हो।
संविधान र कानुनले देखाएको बाटोलाई पूर्णतः उपेक्षा गर्दै संवेदनशील विषयलाई बलपूर्वक र अमानवीय ढङ्गले समाधान गर्न खोज्नु विडम्बनापूर्ण भएको कांग्रेसको भनाइ छ।
‘खोला किनाराका सुकुम्वासी वस्ती हटाउने नाममा संवेदनाहीन ढङ्गले क्रुरतापूर्वक धम्क्याएर, बलपूर्वक निष्कासन र नियन्त्रण गरी लखेट्ने एवं गुम्बा, मन्दिर र विद्यालयसमेत भत्काउने कार्यले नेपाली कांग्रेसलाई स्तब्ध बनाएको छ,’ कांग्रेसले भनेको छ, ‘जन–अभिमतबाट आएको लोकतान्त्रिक सरकार आफ्नै कमजोर नागरिकमाथि यति बिघ्न क्रुर र संवेदनहीन हुन सक्छ भनेर परिकल्पना गर्न सकिँदैन।’
लिपुलेक हुँदै भारत र चीनले कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने सहमति गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । बैठकले भारत-चीनको सहमतिप्रति आपत्ति जनाउँदै सरकारले पठाएको कूटनीतिक नोटप्रति सकारात्मक लिएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको अध्यक्षतामा बसेको बैठकले भारत–चीनबीच खोल्ने सहमति भएको लिपुलेक बाटो, सुकुमवासी समस्या, सरकारले ल्याएका अध्यादेश, संवैधानिक परिषद्सहित पार्टीका भातृसंस्थासहितका विषयमा निर्णय गरेको हो ।






















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया