मंगलबार, वैशाख २२, २०८३

दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग

मेरोन्यूज २०८३ वैशाख २२ गते ९:१३

दुई अमेरिकी युद्धपोतहरूले इरानी आक्रमणका बीच पनि होर्मुज जलडमरू मार्ग पार गरेका छन्।

Advertisement
NiccNicc

एक अमेरिकी रक्षा अधिकारीले अमेरिकी मिडिया सिबिएसलाई बताएअनुसार, दुई नौसेना डेस्ट्रोयरहरूले आक्रमणलाई प्रतिकार गर्दै सफलतापूर्वक होर्मुज जलमार्ग पार गरी खाडी क्षेत्रमा प्रवेश गरेका छन्।

युद्धपोतले पार गर्ने क्रममा निरन्तर आक्रमणको सामना गरेका थिए। इरानले साना डुङ्गा, मिसाइल र ड्रोनहरूको संयोजन प्रयोग गरेर यी जहाजहरूलाई लक्षित गरेको बताइएको छ।

आवश्यक सुरक्षाका लागि अपाचे हेलिकप्टर र थप सैन्य विमानहरूले ती युद्धपोतहरूलाई कभर/सुरक्षा प्रदान गरेका थिए।

तर इरानले भने यो दावीलाईअस्विकार गरेको छ ।

प्रतिक्रिया